सरकारले हचुवामा बजेट प्रतिस्थापन विधेयक ल्याएर आर्थिक अनुशासन भत्काउन खोज्यो : पूर्वअर्थमन्त्री पौडेल

पूर्व अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेलले सरकारले हचुवाको भरमा कार्यान्वयन हुन नसक्ने योजना समावेश गरेर बजेट प्रतिस्थापन विधेयक संसदमा ल्याएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा बोल्दै पौडेलले पूर्ववर्ती सरकारलाई बदनाम गर्ने उद्देश्यले मात्रै प्रतिस्थापन विधेयक ल्याएको टिप्पणी गरेका छन् । ‘कुनै प्रक्रियाबाट पूरा नगरी अर्थ मन्त्रालयले आफ्ना खल्तीका योजना छानेर बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘एकातिर अध्ययन नभएको आयोजनामा बजेट विनियोजन नगर्ने भन्ने तर अर्कोतिर अध्ययन नभएको मात्रै होइन सम्बन्ध...