१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं : कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए।‘कोरोना संक्रमण जोखिम अझै कायमै छ,’उनले भने,‘त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भने