काठमाडौंमा घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अपिल

राजधानी काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्किन अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङ वाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अपिल गरेका छन् । प्रदूषण बढेका बेला बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले फोहोर मैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन आग्रह गरेको छ ।