प्रधानमन्त्री नहुँदा गुनासो नआउने गरी काम गरौँ : कावा प्रधानमन्त्री

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। रक्षा मन्त्रालयमा आज सबै मन्त्रीहरूसँग छलफल गर्दै उनले आ–आफ्नो मन्त्रालयको काम जनता सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको कावा प्रधानमन्त्री खड्काको सचिवालयले जनाएको

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको निर्देशन- बिरामीले वीर अस्पतालको गुनासो गर्ने अवस्था नआवस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग भएको छलफलमा वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए […]

वीरको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले  वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले  उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको ३० बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाप्रवाहमा सुधार ल्याउन सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई दिन चलेको छलफलपछि प्रधानमन्त्रीले जनसरोकार र सार्वजनिक सेवामा गुनासो नआउने गरी काम गर्न...

गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्।दुई दिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्। लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा...

निर्वाचनको दिन मृत भेटिएका पौडेलका हत्यारालाई कानूनी कठघरामा ल्याउन माग

उक्त प्रकरणबारे सत्य, तथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग राख्दै आफुहरुले गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न कोशिश गरेपनि अहिलेसम्म त्यो अवसर नपाएको उनले गुनासो गरे। आफ्नो भतिज अब फर्केर नआउने भन्दै उनले भने,‘हत्यारालाई समातेर कानुनी कठघरामा ल्याएर सजाय दिन सके समाजमा यस्ता घटना दोहोरिने थिएनन् भन्नेमात्रै हाम्रो उद्देश्य हो । राकेश त अब फर्कन्न ।’

विद्युत् आपूर्तिको सवाल ( सम्पादकीय)

केही समययता विद्युत् आपूर्तिमा अनियमितता हुने गरेकाले प्रसारण तथा वितरण प्रणालीलाई दिगो र स्थिर बनाउन सरकारले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् आपूर्तिमा अनियमितता भएकाप्रति चासो देखाउनु भएपछि सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र नेपाल विद्युत् प्राधिकरणका सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरिएको थियो । सम्बद्ध अधिकारीले विद्युत् आपूर्तिका समस्या पहिचान भइसकेकाले अब सुधार हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयदेखि राजधानी उपत्यकाको विद्युत् आपूर्तिमा समस्या आएको गुनासो बढेको सन्दर्भमा प्रधानमन्त्रीद्वारा जुन सरोकार देखाउनु भएको छ । यसलाई सम्बन्धित निकायले असामान्य निर्देशनका रूपमा लिनुपर्छ । विद्युत् उत्पादन, प्रसारण लाइनहरूका अवस्था तथा वितरण प्रणालीलाई चुस्त बनाउन सम्बद्ध निकाय र अधिकारी सधैँ समर्पित हुनुपर्ने भएकाले यस्ता काममा सरकारले चासो राख्नुुपर्ने अवस्था आउनु नै हुँदैन । जनसरोकारका विषयमा प्रधानमन्त्रीको चासोलाई उच्च महìवका साथ कार्यान्वयन गर्न सम्बद्ध पक्ष विशेष संवेदनशील हुनुपर्छ । छलफलमा प्राधिकरणका अधिकारीले गत वर्षको तुलनामा यो वर्ष मङ्सिर, पुसमा विद्युत् ट्रिपिङ तथा आउटेज घटेकाले लोडसेडिङको अवस्था नआउने बताएकाले अन्य कारणले हुने अनियमित आपूर्ति हटाई आवश्यक सुधार गर्नुपर्ने देखिन्छ ।

हामीले उल्लेख्य काम गरेका छौँ

– महानगरको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको छ। यस अवधिमा महानगरबाट भएका प्रमुख काम के हुन् ? यो एक वर्षको अवधिमा हामीले उल्लेख्य काम गरेका छौँ। सहरी सौन्दर्य, वातावरणीय सुधार, ट्राफिक व्यवस्थापन र पार्किङ स्थलको व्यवस्था, डुबान नियन्त्रणका लागि नाला सफाइ तथा व्यवस्थापन गर्ने जस्ता काम प्राथमिकतामा राखेर गरिरहेका छौँ। उज्यालो विराटनगर अभियानमार्फत सहरका सडक उज्यालो बनाइएको छ। सडकमा लत्रिएका तारको व्यवस्थापन गरिएको छ। छोटै समयमा हामीले आन्तरिक प्रशासनमा उल्लेख्य सुधार गरेका छौँ। आन्तरिक आय वृद्धि गर्न कर सङ्कलन अभियान चलाइएको छ। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बेचबिखनमा रोक लगाइएको छ। खुला रूपमा हुँदै आएको माछामासुको बिक्रीलाई व्यवस्थित बनाउने अभियान अहिले पनि जारी राखिएको छ। विकास निर्माणतर्फ ऐतिहासिक रानीपोखरी, मण्ठापोखरी, विराट राजाको दरबार र सङ्ग्रहालय, प्रधानमन्त्री पार्क, हृदयेन्द्र पार्क, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, वीरेन्द्र सभा गृहको पुनर्निर्माण, सडक, महानगरको बहुप्राविधिक विद्यालयलगायतका दर्जनौँ विकास निर्माणमा हामीले ध्यान दिएर काम अगाडि बढाएका छौँ। स्थानीय पाठ्यक्रम तयार पारिएको छ। जनस्वास्थ्यतर्फ पनि हामीले धेरै काम गरेका छौँ। – सुशासनको पक्षमा महानगरले केही काम गर्न खोजेको देखिन्छ तर एकै पटक धेरैतिर हात हाल्दा परिणाम नआउने समस्या हुँदैन ? हामीले केही काम थालेका छौँ। नयाँ नियम लागु गर्ने जमर्को गरेका छौँ। यी कामलाई नियमित अनुगमन गर्ने, फलोअप गर्ने र व्यवस्थित गर्दै लैजानेतर्फ प्रतिबद्ध छौँ। – कर्मचारीको व्यापक सरुवा भयो। त्यसले महानगर सञ्चालनमा कस्तो फरक पाउनुभएको छ ? म जनप्रतिनिधि भएर महानगरमा प्रवेश गर्दै गर्दा यहाँका फाँटमा हुने आर्थिक तथा अन्य अनियमिततासँग जोडेर मलाई थुप्रै प्रश्न गरिन्थ्यो। कर्मचारीले रकम मागेकोदेखि अरू थुप्रै गुनासो मैले सुनेको छु। त्यसमा सुधार गर्नकै लागि हामीले कर्मचारीको व्यापक सरुवा ग-यौँ। वर्षौं एउटै फाँटमा बसेका कर्मचारी अहिले नितान्त भिन्न जिम्मेवारीमा पुगेका छन्। यसले सुशासनमा निकै सुधार आएको छ। नयाँ जिम्मेवारीमा पुगेकाले काममा परिणाम दिनुपर्ने भएकाले उनीहरूको कार्यदक्षता पनि बढेको पाएको छु। – महानगरले राजस्व सङ्कलनमा केही सुधार गरेको देखियो तर पूरा हुनै नसक्ने राजस्व अनुमान अर्धवार्षिक समीक्षामार्फत फेरि किन बढाउन आवश्यक भयो ? राजस्व लक्ष्य पूरा गर्न छुटेका धेरै करदातालाई करको दायरामा ल्याएका छौँ। उठ्न नसकेका केही राजस्व उठाउन सफल भयौँ। राजस्व अभिवृद्धि गर्ने कार्यमा महानगरले एउटा सफलता पाएको छ। अघिल्लो वर्षभन्दा यस वर्ष २० करोड रुपियाँ बढी राजस्व परिचालन हुने विश्वास छ। पुरानो दुई अर्ब रुपियाँभन्दा बढी दायित्व भएकाले समस्या भने अझै छ। अझै केही समय लक्ष्य अनुसार राजस्व सङ्कलन हुने देखिँदैन। तर पनि विकास योजना अगाडि बढाउन पछिल्लो समय राजस्वको लक्ष्य बढाउनुपर्ने हाम्रो बाध्यता हो।