काठमाण्डाै - नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली आज बङ्गलादेश गएकाे छ ।
बङ्गलादेशकाे ढाकामा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा भाग लिन आज बिहान १० बजे त्यसतर्फ गएकाे नेपाल भलिबल सङ्घले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।