विवाहपञ्चमी महोत्सवमा मास्क अनिवार्य

जनकपुरधाम– विवाहपञ्चमीमा स्थानीय प्रशासनले मास्क अनिवार्य गरेको छ। नेपालमै ओमिक्रोन भेरियन्ट भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क लगाउन अनिवार्य गरेको हो। विवाहपञ्चमीको चौथो दिन आज राम मन्दिरमा भैरहेको तिलकोत्सव कार्यक्रममा प्रशासनले मास्क वितरण गर्ने अभियान नै थालेको छ। तिलकोत्सव कार्यक्रममा सहभागी सबैलाई मास्क अनिवार्य गरिएको छ।