अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिनमा रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीका लागि ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा प्रगति भएको जनाएको छ। यद्यपि, यूएससीआईएसले जुन महिनामा पनि रोजगारमा आधारित ग्रीनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएको छ। जुन महिनामा […]
अमेरिकी सरकारको विदेश मन्त्रालयअन्तर्गत ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको भिसा बुलेटिनअनुसार परिवारमा आधारित कुनै पनि श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ। ग्रिनकार्डवाहकका अमेरिकाभित्र हुने दम्पती र २१ वर्ष नपुगेका छोराछोरीहरूले ग्रिनकार्ड फाइल गर्न सक्ने प्राथमिकता […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लागु गरिएका प्रतिबन्धहरू हटाउने निर्णय गरेका छन्। उनले यो कदम “सिरियालाई महान बन्ने मौका दिने” भन्दै असद शासन पतनपछि बनेको नयाँ सरकारले देशलाई पुनः निर्माण गर्ने अवसर पाउनेछ भनेका छन्। यो निर्णय सिरियाका नयाँ राष्ट्रपति अहमद अल शराअको सरकारको लागि ठूलो कूटनीतिक जितको रूपमा हेरिएको छ। असद शासन पछिल्लो वर्षको […]
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका–क्यानाडा व्यापार युद्धबीच आर्थिक एजेन्डालाई अघि बढाउने तयारी गरेका छन । नयाँ मन्त्रिमण्डल घोषणा गर्दै प्रधानमन्त्री कार्नीले आर्थिक एजेण्डाललाई निर्णायक कदमको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन । प्रधानमन्त्री मार्क कार्नीले नयाँ मन्त्रिमण्डलले उनको महत्त्वाकांक्षी आर्थिक एजेन्डा कार्यान्वयन गर्ने अपेक्षा गरेको बताएका छन । अमेरिका र क्यानाडाबीच जारी व्यापार युद्ध र […]
गाजामा भएको इजरायली हवाई आक्रमणमा प्रसिद्ध फोटोपत्रकार हसन असलिह मारिएका छन । दक्षिण गाजाको नासर अस्पतालको आपतकालीन विभागमा इजरायली हवाई हमला हुँदा प्रसिद्ध प्यालेस्टिनी फोटोपत्रकार हसन असलिहको मृत्यु भएको हो । असलिह विगत महिना अघिको एक आक्रमणमा घाइते भएका थिए । त्यसको उपचारको क्रममा अस्पतालको शल्य चिकित्सा विभागमा थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उनलाई लक्षित गरी ड्रोनद्वारा […]
अमेरिका विदेशमन्त्री मार्को रुबियो टर्की जाने भएका छन । उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की पठाउने घोषणा गरेका हुन । रुस र युक्रेनकाबीचमा हुन लागेको वार्ताको सहजिकरणका लागि रुबियोलाई राजधानी इस्टानबुल पठाउन लागेको उनले बताएका हुन । ट्रम्पले मंगलबार विदेशमन्त्री मार्को रुबियो युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित वार्ताका लागि बिहीबार इस्तानबुल […]