किसानलाई बाली थन्क्याउने चटारो, चुनावीसभामा उपस्थिति न्यून

आसन्न निर्वाचनले राजनीतिक दलमा जति धपेडी छ, त्योभन्दा बढी कृषकलाई धान, कोदोलगायत बाली थन्क्याउने छ । बाली थन्क्याउने चटारोबीच चुनावका लागि गाउँगाउँ पुगेका दलका कार्यक्रममा मतदाताको उपस्थिति ज्यादै न्यून छ । चुनावी सभामा उपस्थिति बढाउन सांस्कृतिक कार्यक्रम गरे पनि मतदाता आकर्षित भएका छैनन् ।