हामीलाई समस्याबारे थाहा भए पनि समस्या कति किसिमका हुन्छन् र कसरी उत्पन्न हुन्छन् भन्नेबारे भने थाहा नहुन सक्छ । समस्या मूलतः दुई किसिमका हुन्छन्, जसमा आध्यात्मिक समस्या र भौतिक समस्या पर्छन् । यीमध्ये आध्यात्मिक समस्या तीन किसिमका हुन्छन् जसमा शारीरिक, मानसिक र आध्यात्मिक पर्छन् । रोग, भोक, शोकजन्य समस्या शारीरिक समस्या हुन् । मानसिक रोग, डिप्रेशन लगायत मनोविकार जन्य समस्या मानसिक हुन् । यस बाहेक दैवी विपत्ती, भूकम्म, भूक्षय, बाढी, पैरो, चट्याङ आदि समस्या आध्यात्मिक हुन् ।
जहाँसम्म भौतिक समस्याको कुरा छ त्यो भने यति नै हुन्छन् भन्न सकिन्न । देश, काल, परिस्थिति अनुसार अनेक पनि हुन सक्छन्, अनन्त...