काठमाडौँ उपत्यकामा मात्रै साढे १२ सयभन्दा बढी डेंगुका बिरामी, अस्पतालहरू भरिए

डेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ । वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा. शैलेन्द्र श्रेष्ठ बताउँछन् । डेंगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् ।वीर अस्पतालमा मात्रै होइन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल