प्रहरीले गैर न्यायिक हिरासतमा राखिएकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले असोज २८ गते दसैँको नवमीको दिन खानलाई लिखित जवाफ सहित सशरीर अदालतमा उपस्थित गराउन बाँके जिल्ला अदालत, बाँके सरकारी वकिलको कार्यालय, बाँके प्रहरी कार्यालय र काठमाडौँ प्रहरी कार