बझाङ पहिराे : ७२ घण्टापछि सेनाको हेलिकप्टर  घटनास्थल पुग्यो, बेपत्ता २३ जनाकाे खाेजी जारी

बझाङमा दुई दिनदेखि पहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि ७२ घण्टापछि उद्धार टोली घटनास्थल पुगेको छ ।

सम्बन्धित सामग्री

पहिराेले घर पुर्दा बझाङकाे खप्तडछान्नामा तीन जनाकाे ज्यान गयाे

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ ।  यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको ज्यान गएको छ । उहाँकी श्रीमती बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।  यसैबीच गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म देशभर ५२ जनाको ज्यान गएको छ । बाढी, पहिराे र डुबानमा परेर ३० जना हराइरहेका छन् ।

बझाङ पहिराे : बेपत्ता २३ जनाकाे अवस्था अझै अज्ञात

बझाङकाे थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।