पीएम कप : एपीएफ र प्रदेश २ विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा एपीएफले वाग्मती प्रदेशलाई सात विकेटले हराएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज मङ्गलवार भएकाे खेलमा वाग्मतीले दिएको एक सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमव ४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍याे । एपीएफका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । बलिङतर्फ वाग्मतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो...

सम्बन्धित सामग्री

पीएम कप : एपीएफ र कर्णाली तथा मधेस र लुम्बिनी प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एपीएफ र कर्णाली प्रदेश तथा मूलपानी मैदानमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् । दुवै खेल बिहान साढे नौ बजे सुरु हुनेछन् । एपीएफ आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ भने कर्णाली पहिलो जितको खोजीमा छ । मधेस प्रदेश र लुम्बिनी प्रदेश भने दोस्रो जितको खोजीमा छन् ।

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा

काठमाडौँ – लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ […]

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

पीएम कप सेमिफाइनल: पुलिस र एपीएफ भिड्दै

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ भिड्दैछन्। शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा आइपुगेको हो भने मञ्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।…

पीएम कप क्रिकेट : सेमिफाइनलमा एपीएफ र पुलिस तथा बागमती र आर्मी भिड्ने

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब […]

पीएम कप : आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]

पीएम कप क्रिकेट : एपीएफ टस जितेर ब्याटिङ गर्दै

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरुभएको छ । खेलमा उपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ । एपीएफले आज पहिलो रोजाइका तीन खेलाडीलाई आराम दिएको छ । आसिफ शेख, प्रदीप ऐरी […]

पीएम कप क्रिकेट : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्दै

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको पुलिस त्यही लयलाई निरन्तरता दिन चाहन्छ […]