रुस-युक्रेन संकट गहिरिँदा च्याम्पियन्स लिग फाइनल रुसबाट सर्न सक्ने

रुसले पूर्वी युक्रेनस्थित पृथकताबादी कब्जामा रहेको दुई शहरमा सेना पठाएपछि युद्ध हुनसक्ने आँकलन गरिएको छ । अमेरिका र बेलायतसहित थुप्रै देशले रुसको यो कदमको विरोध गरिरहेका छन् । रुसमाथि थप प्रतिबन्ध हुनसक्ने बताइएको छ ।