मदन भण्डारी विश्वविद्यालय खोल्ने कानुनी आधार तयार, कुलपति र उपकुलपति नरहने

विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यलाय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खुल्न कानुनी आधार तय भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ सर्वसम्मतिले पारित भएपछि सो विश्वविद्यालय खुल्ने कानुनी प्रक्रिया अघि बढेको छ ।सूचना र प्रविधिका क्षेत्रमा विदेशबाट समेत अनुसन्धानकर्मी र विद्यार्थी ल्याउने लक्ष्य लिएको सो विश्वस्तरको विश्वविद्यालय मकवानपुरको चित्लाङ र काभ्रेको पाँचखालमा सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास भइसकेको छ । विधेयकमाथि शिक्षा तथा स्वास्थ्य समितिबाट दफाबार छलफलसहितको प्रतिवेदन पेस र थप छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो । विधेयक पारितका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री पौडेलले यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको र यो विश्वविद्यालय राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा स्वीकृत भएको र यसका लागि एक हजार दुई सय रोपनी जग्गा प्रबन्ध भइसकेको बताए ।मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको हो । अघिल्लो सरकारले आर्थिक वर्ष २०७६÷७७ मा विज्ञान तथा प्रविधिको विकासबिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव नहुने भएकाले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम ल्याएको थियो । उक्त आर्थिक वर्षको बजेटमा यसको पूर्वाधारका लागि एक अर्ब १० करोड बजेट व्यवस्था भएको थियो भने विभिन्न चरणमा गरेर विश्वविद्यालयका लागि रु ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त विधेयकको मस्यौदा तयारी हुँदा शिक्षामन्त्री रहनुभएका गिरिराजमणि पोखरेलले चित्लाङमा विश्वका विज्ञहरू आएर जैविक कृषिको अनुसन्धान र पाठ्यक्रम निर्माण लगायतका काम सुरु भइसकेको स्थितिमा विधेयक पारित हुनु सकारात्मक भएको बताए। सो विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी हुने लक्ष्य राखिएको छ । विश्वविद्यालयमा विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिकशास्त्र, व्यस्थापन, कानुन र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति रहने छैनन् । यस व्यवस्थाले विश्वविद्यालयमा दलीय हस्तक्षेप हुन सक्नेछैन । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण (२०७६ असोज २५ र २६) का अवसरमा नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदन भण्डारीका नाममा स्थापित हुने सो विश्वविद्यालय निर्माणका सहकार्यमा विषयमा समेत छलफल भएको थियो । सो विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशीले चिनियाँ पक्षले अध्ययन गरिरहेको र सहयोगमा सकारात्मक सङ्केत गरेकाले आफूहरु सम्झौता हुनेमा आशावादी रहेको जनाएका थिए। मन्त्रिपरिषद्को निर्णयबाट २०७५ माघ २१ गते गठित पूर्वाधार विकास समितिले ललितपुरको सैँबुमा सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ । समितिले विश्वविद्यालयका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गरिसकेको छ । सरकारले मदन भण्डारीका नाममा बेग्लै प्रौद्योगिक विश्वविद्यालय ल्याउने नीति पनि लिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् । उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् । यसबारे आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराइएको हो । यस्तै नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित […]

मदन भण्डारी विश्वविद्यालय विधेयकबारे संसदमा जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।  उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् । यसबारे आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराइएको हो ।  यस्तै नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको टेबलमा पुगे पनि कारवाही प्रक्रिया अघि बढेको छैन ।

राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले […]

राष्ट्रपतिले गरिन् मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

१८ साउन, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको […]

सभामुखद्वारा मदन भण्डारी विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले बिहिबार ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गरेको सभामुखको सचिवालयले जनाएको छ ।

मदन भण्डारी विश्वविद्यालय खुल्ने बाटो खुल्यो

मदन भण्डारीको नाममा विश्वविद्यालय खुल्ने बाटो खुला भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो । गत शुक्रबार गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाबाट पारित हुन नसकेको यो विधेयक पारित भएको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा पारित गरियोस भनी यो विधेयक पेश गरेका थिए । यसअघि यो विधेयक राष्ट्रिय सभाबाट पास भइसकेको छ ।

मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित गरिँदै

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। सचिवालयले मंगलबारै सार्वजनिक गरेको कार्यसूचीअनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त […]

मदन भण्डारी विश्वविद्यालय निर्माणको बाटो खुल्यो

मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । ०७६ साउनमा

मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो

मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ दुई वर्षपछि सोमबार सङ्घीय संसद्बाट परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो । विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया भइसकेको छ । सोमबारको प्रतिनिधिसभा बैठकले प्राविधिक विषय मात्रै अध्यापन गराउन पाउनेगरी विधेयक पारित गरेको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रव

मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो

काभ्रेपलान्चोक । मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ दुई वर्षपछि सोमबार सङ्घीय संसदबाट परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो । विश्वविद्यालय काभ्रेपलान्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया भइसकेको छ । सोमबारको प्रतिनिधिसभा बैठकले प्राविधिक […]