पालिका चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ : प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार केन्द्रित अधिकार नागरिकको घर दैलोमा स्थापित गराउन पालिका चुनाव कोशेढुङ्गा साबित हुने दाबी गर्नु भएको छ । आज विज्ञप्ति निकाल्दै प्रचण्डले चुनावलाई आफूले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएको पनि बताउनु भएको छ । उहाँले अहिले सङ्घीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका आरोप लगाउनु भएको छ । यस्तै, उहाँले साँचो...