शहीद स्मारक ‘ए’ डिभिजनको अन्तिम दिन आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन हुँदैछ । लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् । आज न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् । आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्था...