नयाँ बजेटले ल्यायाे कर्णालीमा कृषि विकास कार्यक्रम

काठमाडाैं : आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशका जिल्लाहरुमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकीकरण गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले कर्णालीमा कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। ५५ करोड बजेटबाट सो कार्यक्रम सञ्चालन गरिने उनले बताए। त्यस्तै सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ। कर्णालीका हिमाली जिल्लामा  स्याउ उत्पादन गर्न कृषकलाई अनुदानको व्यवस्था गरिने भएको छ। साथै डोल्पामा तिन्जे, धोमा सुक्खा बन्...