शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीका अनुसार केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममार्फत सामग्री हस्तान्तरण गरिएको हो। शिवम् सिमेन्टले यसअघि रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको शिक्षामा […]
धादिङ । अविरल वर्षासँगै पहिरो खस्दा धादिङका मुख्य राजमार्गहरूमा यातायात अस्तव्यस्त बनेको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधन रोकिएका छन्। बेनिघाटरोराङ गाउँपालिका–१०, हुग्दीखोला नजिक डाँडाबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण रातिदेखि सवारी आवागमन रोकिएको छ। सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको छ। […]
अमेरिकी सेनाले प्रयोग गर्दै आएको दक्षिणी इङ्गल्यान्डस्थित बेलायती हवाइ अड्डातर्फ शंकास्पद सवारी साधनहरू गइरहेको सूचनापछि बेलायती अधिकारीहरूले आइतबार पाँचजना पुरुषलाई पक्राउ गरेका छन्। उनीहरूमाथि आतङ्ककारी कार्यको तयारी गरेको र विस्फोटक पदार्थसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग लगाइएको छ। आर.ए.एफ. फेयरफोर्ड मुख्यतया अमेरिकी वायुसेनाले आफ्ना ठूला बमवर्षक विमानहरू तैनाथ गर्न प्रयोग गर्दै आएको छ। इरानविरुद्धको अमेरिकी-इजरायली युद्धमा […]
काठमाडौं। नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ। निर्देशक तथा संचारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको ‘द एभरेस्ट ड्रीम’ले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबीच प्रतिस्पर्धा गर्दै यो अवार्ड हात पारेको हो। आज शिम्लामा आयोजित अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको […]