प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितलनिवासमा, ओली पनि साथमै

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुगेका हुन् । आज बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सो सहमतिलगत्तै दाहाल र ओली शितलनिवास पुगेका छन् । प्रचण्डलाई प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा दाबी पेश गर्न प्रचण्ड शितल निवास पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति भवन शितल निवास पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटामा बसेको बैठकमा प्रचण्डलाई आधा कार्यकाल प्रधानमन्त्री दिने सहमति भएको थियो।

बालुवाटारबाट बाहिरिए प्रचण्ड, ओली भेट्न बालकोट हानिए

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।बालुवाटारबाट निस्किएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट हिँडेका छन्। बैठकमा कुनै सहमति नभएको बताइएको छ। माओवादीले प्रधानमन्त्रीमा दाबी गरिरहँदा कांग्रेसले पनि यसमा अडान छोडेको छैन।

प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा

काठमाडौं : नयाँ सरकारको नेतृत्वमा प्रधानमन्त्रीका लागि कांग्रेसले दाबी गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले प्रधानमन्त्रीमा दाबी पेश गर्ने जनाएको हो। कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेको हो। 'प्रतिनिधि…