युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ।एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । ईयूले एयर सेफ्टी लिस्ट वर्षमा दुई पटक अपग्रेड गर्दै आएको छ ।यसैक्रममा ईयूको अडिट टोलीले नेपाली वायुयानका हवाई सुरक्षाबारे यही अक्टोबर ६