सल्यानमा एक वर्षमा मानवअधिकार हननका ९४ घटना

सल्यान : सल्यानमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ९४ वटा घटना भएका छन्।नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२४ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा मानवअधिकार हननका ९४ वटा घटना भएका जनाइएको हो।इन्सेक सल्यानद्वारा खलंगामा आयोजित कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। जिल्लामा बालअधिकार उल्लंघनका घटनामा १० जना बालिका र महिला अधिकार उल्लंघनका घटनामा ६९ जना महिला पीडित भएको जानकारी दिए।कुटपिटका

सम्बन्धित सामग्री

दूधमा आत्मनिर्भर बन्दै सल्यान, वार्षिक १९ हजार मेट्रिक टनभन्दा बढी उत्पादन

सल्यान : गत आर्थिक वर्षमा सल्यानमा १९ हजार मेट्रिक टन बढी दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १९ हजार १४४ मेट्रिक टन दूध उत्पादन भएको हो।उत्पादन भएको मध्ये ८० प्रतिशतभन्दा बढी दूध जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट वार्षिक १२.४ प्रतिशत दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए।जिल्ला बाहिर निकासी भएको दूधबाट ७ लाख ४४ हजार रुपैयाँ कि

सल्यानमा जडीबुटीबाट १८ लाखभन्दा बढी राजस्व संकलन

सल्यान : सल्यानमा एक वर्षमा जडीबुटी निकासीबाट १८ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। गत आव ०७८/७९ मा १८ लाख ५५ हजार ४ सय रूपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको ३ लाख ७३ हजार २ सय ६२ किलो विभिन्न १० प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय सल्यानका विजय पुलामी मगरले जानकारी दिए।निजी आबादीबाट पनि ३ लाख २१ हजार ८ सय २४ किलो जडीबुटी निकासी भएको उनको भनाइ छ। उनका अनुसार

विपद्‍बाट सल्यानमा एकै वर्ष ८ को मृत्यु, ११ घाइते

प्राकृतिक विपद्‍का कारण सल्यानमा एक वर्षमा आठ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न विपद्‍का घटनामा आठ जनाको मृत्यु भएको हो । यस क्रममा ११ जना घाइते भएका छन् ।

सल्यानमा जोखिम मोलेर घरमै सुत्केरी

सल्यान : नेपाल सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन विभिन्न कार्यक्रम गरेपनि सल्यानमा अझै पनि असुरक्षित तरिकाले सुत्केरी हुनेको संख्यामा कमी आउन सकेको छैन।स्वास्थ्य संस्थामा सुत्केरी गराउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि चेतनाको कमी, भौगोलिक विकटता लगायतका कारण असुरक्षित तरिकाले घरमै सुत्केरी हुँदै आइरहेका छन्।स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा संस्थागत प्रसूति दर ६८ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा ४ सय ९६ महिला घरमै सुत्केरी भएका थिए।आर्थिक वर्ष २०७५/

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा करिब २ करोड लिटर दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको छ।कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ। यसबाट ९५ लाख १५ हजार रूपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए।पछिल्लो समय सल्यान दूधमा आत्मनिर्भर भएको उनको भनाइ छ। जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्ला

कर्णालीमा एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे

सुर्खेत : कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा सुर्खेत र सल्यानमा २१ किलोमिटर सडक कालोपत्रे गरिएको हो। यसअघिका दुई वर्षमा गरिएको आठ किलोमिटर कालोपत्रेमध्ये अधिकांश सडक सुर्खेतको वीरेन्द्रनगरका हो।वीरेन्द्रनगरमा सरकारी कार्यालय र हटलाइन सडकहरु कालोपत्रे गरिएको हुन्। सरकारी कार्यालयहरु केन्द्रित सडकहरु आँखा अस्पताल चोकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै खारखोलीसम्म, नेपाल टेलिकमदेखि प्रदेशसभा कार्यालय हुँदै गुरुङचोकसम्म, आन्तरिक मामिला मन्त्रालय

सल्यानमा ५ प्रतिशतले बढ्यो कामदारको पारिश्रमिक

सल्यान । सल्यानमा यस वर्ष कामदारको दैनिक पारिश्रमिकमा वृद्धि भएको छ । जिल्लामा २ वर्षदेखि श्रमिकको ज्याला बढ्न सकेको थिएन । सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ बमोजिम जिल्ला दररेट निर्धारण समितिले चालू आर्थिक वर्षमा श्रमिकको ज्यालामा वृद्धि गरेको हो । अब जिल्लाका श्रमिकले दैनिक ९५० रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसअघिका २ आर्थिक वर्षमा उनीहरूको दैनिक पारिश्रमिक ९०० रुपैयाँ थियो । दक्ष सिकर्मी र डकर्मीको ज्याला ५० रुपैयाँ बढाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् । त्यस्तै अदक्ष कुल्ली र ज्यामीको दैनिक पारिश्रमिक ६२५ बाट बढाएर ६५० रुपैयाँ कायम गरिएको छ । प्रजिअ होमागाईका अनुसार ज्यामी नाइकेको ज्लाला ७०० बढेर ७५० रुपैयाँ पु¥याइएको छ । यस्तै भरियाको ६२५ बाट ६७५, हाउस वायरिङ गर्नेको ७०० बाट ७५०, नर्सरी नाइकेको ५०० बाट ५५०, वन हेरालुको ५०० बाट ५५०, सामाजिक परिचालकको ७०० बाट ७५० र दक्ष प्लम्बरको ७०० बाट ७५० रुपैयाँ कायम गरिएको छ । खासगरी जिल्लामा उत्पादन हुने सामानको पर्याप्तता, बजार भाउको मूल्य र जिल्ला बाहिरबाट आयात गर्नुपर्ने सामानको दररेटमा दुवानी रकम जोडेर यस वर्षको जिल्ला दररेट सार्वजनिक गरिएको प्रजिअ होमागाईले बतइन् । ‘नयाँ दररेटले श्रमिकलाई केही राहत मिल्ने अपेक्षा छ,’ उनले भनिन् । केहीको दररेट पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उनको भनाइ छ । यस वर्षका लागि निर्धारण गरिएको दररेटप्रति श्रमिकले भने गुनासो गरेका छन् । आफूहरू कोभिड महामारीबाट नराम्ररी प्रभावित भएको भन्दै उनीहरूले बजारको महँगी धान्न सक्नेगरी दररेट कायम नभएको गुनासो गरेका हुन् । ज्याला कम हुँदा साँझ बिहानको छाक टार्न, छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधोपचारमा समस्या भएको उनीहरू बताउँछन् ।

सल्यानमा एकै दिन दुई हजार विरुवा रोपियो, एक वर्षमा दुई लाख रोप्ने योजना

सल्यान : राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सल्यानका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ। डिजिभन वन कार्यालय सल्यानको समन्वयमा वृक्षारोपण गरिएको हो।विभिन्न संघ संस्था, नेपाली सेना, नेपाल प्रहरीको सहभातिामा एकै दिन विभिन्न प्रजातिका करिब दुई हजारवटा विरुवा रोपिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। यस वर्ष विभिन्न संघ सस्थाको समन्वयमा विभिन्न प्रजातिका दुई लाख वटा विरुवा रोप्ने योजना रहेको कार्यालयका प्रमुख रमेशकुमार गिरीले बताए।विभिन्न सरकारी र गैरसरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्या

सामाजिक कार्यमा नेपाली सेना

सल्यान सीमखर्कमा कार्यरत नेपाली सेनाले समय–समयमा विभिन्न खालका सामाजिक कार्य गर्दै आएको छ । आफ्नो स्थापनाकालदेखि नै गौरबमय इतिहास बोकेको सबुज गणले आफू तैनाथ भएका बिभिन्न स्थानमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ ।विगत वर्षमा पनि सल्यानमा कार्यरत नेपाली सेनाले महत्वपूर्ण कार्य गर्दै आएको र २०७७ सालमा पनि यस गणबाट निकै महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् […]

सल्यानमा चालू आर्थिक वर्षमा १८ वटा वन्यजन्तुको उद्धार, १० को मृत्यु

सल्यानमा चालू आर्थिक वर्षको हालसम्म १८ वटा वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट