मध्यरातदेखि मौन अवधि सुरु - के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचारप्रसार सकिसकेपछि मतदातालाई आफ्नो धारणा बनाउन समय दिन चुनावअघिको दुई दिनलाई मौन अवधिको रूपमा राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।'मङ्गलवार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिने अन्तर्राष्ट्रिय अभ्यास समेत लागु गरिँदै छ,' आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्।'मतदान अवधि नसकिँदासम्म यी प्रावधान कायम रहन्छन्।' वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि अपराह्ण ५ बजेसम्म मतदान हुने छ।तर अन्तर्राष्ट्रिय उडानहरू भने रोक नलगाइएको बताउँदै मतदानको दिन नेपाल आउने यात्रु तथा पर्यटकलाई अन्य अनुमतिपत्र नलिएका हकमा सम्बन्धित टिकटका आधारमा होटलसम्म पुर्‍याउने व्यवस्था गर्न वायुसेवा कम्पनीहरूलाई भनिएको श्रेष्ठ बताउँछन्।मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटरआसपास रहेका प्रचार सामग्रीहरू पनि सम्बन्धित दलहरूले हटाउनुपर्ने आयोगको भनाइ छ।अन्तर्राष्ट्रिय सीमामा अत्यावश्यक परेको हकमा अनुमति लिएर वारपार गर्न सकिने जनाइएको छ।मौन अवधि: सबै चुनावी कर्यक्रम बन्दमतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्ण रूपमा बन्द गर्न निर्वाचन आचारसंहिताले भनेको छ।उक्त अवधिभरि कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख छ।'मतदाता प्रभावित गर्ने खालका कुनै पनि गतिविधि यस अवधिमा गर्न पाइँदैन,' आयोगका सहसचिव श्रेष्ठ भन्छन्।'नाराबाजी गर्नेदेखि प्रचारसामग्री वितरण गर्ने कुनै पनि काम यसबीचमा गर्न पाइँदैन। दबावरहित वातावरणमा मतदाताले आफ्नो दृष्टिकोण बनाउन सकून् भनेर चुनावका बेला त्यस्तो अवसर दिने गरिएको हो।'मौन अवधिमा सामाजिक सञ्जालमा समेत मत माग्ने काम गर्न नहुने निर्वाचन आयोगले जनाएको छ।आयोगले त्यसबीचमा मत माग्नका लागि धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा समेत प्रदान नगर्न दूरसञ्चार प्रदायकहरूलाई निर्देशन दिएको छ।मतदानको दिन के हुन्छ ?आपत्कालीन सेवा र अनुमति लिएका हकमा बाहेक सवारीसाधनमा आउजाउ गर्ने वा यात्रु ओसार्ने काम मतदान हुने दिन पूर्ण रूपले रोक लगाइएको आयोगका अधिकारीहरूले बताएका छन्।त्यस दिन समेत मतदान केन्द्रआसपास मतदातालाई दबाव दिने वा प्रभाव पार्ने काम हुन नदिन आयोगले आचारसंहितामार्फत् सबैलाई बाँधेको जनाएको छ।त्यस दिन उम्मेदवार वा तिनका प्रतिनिधिले मतदानकेन्द्रमा निर्वाचन चिह्न वा सङ्केत भएका लुगा वा ब्याज लगाउन नहुने जनाइएको छ।त्यसैगरी चुनाव चिह्न झल्किने साङ्केतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको छ।'त्यस दिन इन्धनयुक्त सवारी पूर्णत: रोक लगाइएको छ। तर साइकल चलाउन पाइन्छ। हामीले सकेसम्म सबै मतदाता हिँडेर पुग्नेगरी मतदान केन्द्र तयार पारेका छौँ,' आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले भने।तर त्यस दिन समेत निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर चुनावी अनुगमन, पर्यवेक्षण, अशक्त व्यक्ति लगायतलाई यात्रा अनुमति पत्र जारी गरिने व्यवस्था रहेको बताइएको छ।आयोगले सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्ने जनाएको छ।एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीका सवारीसाधनजस्ता अत्यावश्यक सेवा र कूटनीतिक प्लेट भएका सवारीसाधनले अनुमतिपत्र लिनुनपर्ने भनिएको छ।चुनावको दिन उद्धार तथा सहायता उडानबाहेक नियमित आन्तरिक उडान समेत हुने छैनन्। -बा बिबिसीबाट 

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब दलहरुले कुनै पनि चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि मौन अबधी लागु हुन्छ । मौन अवधिभर दलहरुले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै […] The post उपनिर्वाचनका लागि मौन अवधि सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाईदैन?

काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु भएको र अव बैशाख ३० गते राती १२ बजे […]

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौँ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात् शुक्रबार हुँदैछ । मङ्गलवार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​ आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ […]

सुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले […]

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो ।

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि मौन अवधि लागू भएको जनाएको हो ।मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् ।...

राष्ट्रिय सभा निर्वाचनः मौन अवधि सुरु

काठमाडौं, माघ १०। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन । मौन अवधिमा मतदान केन्द्रको ३ सय […]

राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा […] The post राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिहीबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौं : राष्ट्रियसभा सदस्य उप निर्वाचनको मौन अवधि सुरु भएको छ। बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मौन अवधि सुरु भएको हो।यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।त्यस्तै एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र नि

बागमती प्रदेश राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु

यही जेठ ६ गते बिहीबार सम्पन्न हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका सन्दर्भमा मौन अवधि सुरु भएको छ ।निर्वाचन आयोगका अनुसार जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको हो । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने आयोगले प्रस्ट पारेको छ ।मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्ज