नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल फाइनलमा

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न नेदरल्याण्ड्स र मलेसियाको म्याच 'टाइ' भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रतिकुल मौसमका कारण ढिला गरि सुरु गरिएको खेलमा नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा बेन कुपरको अर्धशतकको सहायतामा १०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा…

सम्बन्धित सामग्री

नेपालले उपाधिको होडबाट बाहिरिएको मलेसियाको सामना गर्दै

नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको लिगको अन्तिम खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नेपालले मलेसियाको सामना गर्नुअघि नै फाइनलमा नेदरल्याण्ड्ससँगको भेट सुनिश्चित गरिसकेको छ । नेपाल फाइनलमा पुगिसकेकोले आज हुने खेलमा पछिल्लो तीन खेलको अन्तिम एघारबाट टोलीमा केही हेरफेर गर्न सक्ने अनुमान गरिएको छ ।

नेदरल्याण्ड्स र मलेसियाको खेल टाई, नेपाल फाइनलमा

८ वैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले …

वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्स र मलेसियाको बराबरी, नेपाल फाइनलमा

काठमाडाैं : नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।प्रतियोगिताको पाँचौ खेलमा बुधबार मलेसियाले नेदरल्याण्ड्ससँग डिएल पद्धतिमा बराबरी खेल्दै अंक बाँडेपछि नेपालले एक खेल अगावै फाइनलको यात्रा तय गरेको हो। अंक तालिकामा नेदरल्याण्ड्स पहिलो स्थानमा छ।उसले ४ खेलमा २ जित र १ बराबरीसँगै ५ अंक बटुलेको छ। यो नतिजाले मलेसिया भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ। मलेसियाले ३ खेलमा २ हार र १ बराबरीसँगै १ अंक मात्र बटुलेको छ।मलेसियाले अझै ने

मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’, नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुग्यो

नेदरल्याण्ड्स र नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’ भएर दुबैले अङ्क बाँडेपछि नेदरल्याण्ड्ससँगै नेपाल पनि फाइनलमा पुगेको छ । नेपालले प्रतियोगितामा लिगको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको हो । अङ्कतालिकामा नेदरल्याण्ड्सले चार खेलबाट पाँच अङ्क बटुलेको छ । तीन खेलबाट नेपालले चार अङ्क बटुल्दै दोस्रो स्थानमा छ । मलेसिया भने तीन खेलमध्ये दुईमा हार र एक ‘टाइ’ खेलेर एक अङ्क जोडेको छ ।