लक्ष्मी राई कांग्रेसकी राष्ट्रपति उम्मेदवार

प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन्। देवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए।…