एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि टुंगोमा पुग्नेमा नेताहरु आशावादी

नेकपा एमाले कार्यदलको बैठक निष्कर्षबिहीन भएको छ । सहमतिको प्रयासस्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको हो । बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए । ‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौं’, उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं । अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ ।’ विभिन्न कारणले सहमति हुन नसकेको भन्दै उनले भोलि साढे १...