सर्वोच्चले ओलीको असंवैधानिक कदम सच्याउँदै संसद पुनर्स्थापना गर्छ : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौँ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सच्याउँदै संसद पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको जनाएका छन् । मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । निर्वाचन आयोग र […]

सम्बन्धित सामग्री

संसद पुनर्स्थापना गर्ने अदालतको आदेशपछि पाकिस्तानमा अब के ?

२५ चैत, काठमाडौं । पाकिस्तानमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्री इमरान खानमाथिको अविश्वास प्रस्तावमा भोलि (शनिबार) मतदान हुने छ । अदालतले नै ९ अप्रिलका दिन संसद बैठक बोलाउन र अविश्वास प्रस्तावमा मतदान गराउन आदेश दिएको थियो । इमरानविरुद्धको अविश्वास प्रस्ताव पारित हुने भएपछि उपसभामुख क्वासिम सुरीले त्यो प्रस्ताव नै खारेज गरेका थिए । र […]

संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ

१८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’ […]

जनताको जित भयो : झाँक्री

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् । संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’ संसद […]

संसद पुनर्स्थापनाको खुसीयालीमा दीप प्रज्वलन (तस्बिरहरू)

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना पहिलो सर्त : नेपाली

दिनेस रैदास, दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारले गरेको असंवैधानिक र प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया समितिले आइतबार दाङको जङ्ग्रहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष तथा पूर्व सभासद नेपालीले नेकपा नेतृत्वको ओली सरकारले गरेको संसद् विघटनको कदम प्रतिगामी र असंवैधानिक भएकोले विघटित संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबै गणतन्त्रवादी एकजुट भएर संयुक्त संघर्षमा आउन आह्वान गर्नुभयो । उहाँले राजपुर गाउँपालिका दाङको धेरै भूगोल ओगटेको प्राकृतिक रुपमा साधनस्रोत सम्पन्न र उर्वरा भूमि भएको हुँदा हुँदै पछिल्लो समयमा जिम्मेवार निकाय र व्यक्तिहरूबाट चुरे विनाश हुनु राप्ती नदी वरदानको रुपमा भएता पनि सिँचाइ सुविधा नहुँदा किसानहरुले समयमा खेती गर्न नपाउनु दुर्भाग्य भएको बताउनुभयो । त्यसकालागि स्थानीय गाउँपालिका प्रदेश तथा संघीय सरकारले साविक गोबरडिहा र गंगापरस्पुरको सिमानामा मुहान बनाई राप्ती नदीमा सिंचाई नहर योजना अगाडि बढाउन यस क्षेत्रका किसानहरु प्रतिवद्ध हुन पर्ने राप्ती नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन हुनुपर्ने, सीमा नाका र चुरे क्षेत्रमा दशककोदेखि बसोबास गर्दै आएका भूमिहीन स्थानीय बासिन्दाहरुलाई व्यवस्थित बसोबास गराई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नु भयो । अखिल नेपाल युवा संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले संसद विघटन पछाडि देशका प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमका विरुद्धमा एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रम राजमोका जिल्ला उपाध्यक्ष महेश रिजाल र अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, राजमो एरिया कमिटिका सदस्य लक्ष्मीप्रसाद बुढा, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य सीमा रोका लगायतले सम्बोधन गर्नुभएको थियो। ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न विरोध सभाको अध्यक्षता राजमो राजपुर एरिया समितिको कोषाध्यक्ष राम फकिरे रैदासले गर्नुभएको थियो । एरिया सदस्य राजकुमार विश्वकर्मा (कमल) को स्वागत तथा समितिका सहसचिव मनकुमार राणाले ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, ...

संसद पुनर्स्थापना भए अर्को अध्यादेश!

'हाम्रा 'बा' ले कच्चा काम त के गरे होलान् र? संसद पुनर्स्थापना हुननसक्ने गरी सेटिङ मिलाए होला' भन्नेमा ओलीनिकट धेरै नेता-कार्यकर्ताको पनि विश्वास छ।

संसद पुनर्स्थापना भयो भने…

केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको लगभग ५० दिन पुगेको छ । संसद विघटनको विरोधमा तर्कहरु सुनिरहेका न्यायाधीशहरुले सोमबारदेखि सरकारी पक्षका वकिलहरुले तर्क सुन्नेछन् । त्यसपछि अदालतले यसबारे सम्भवतः माघ महिनाभित्रै वा फागुनको पहिलो सातामा निर्णय सुनाउने छ । अब सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदियो भने के होला ? यो […]

सेटिङबाहेक अरु तरिकाले संसद पुनर्स्थापनालाई रोक्न सक्दैन : नेता भुसाल

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि  नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनर्स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए

संसद पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीमा मसाल जुलुश

बसन्त खड्का, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा मसाल जुलुश र कोण सभा गरेको छ । बर्तमान सरकारका कार्य असंवैधािनक भएका भन्दै संसद पुनर्स्थापना गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने , जताततै बिकृती र बिसङतीको निर्मुल हुनुपर्ने माग राख्दै राजमो जिल्ला समिती अर्घाखाँचीको आयोजनामा निकालिएको मसाल जुलुश सन्धिखर्क र चुत्राबेशिका विभिन्न स्थानबाट निस्किएर बजार परिक्रमा गरि शान्ती बगैंचामा पुगेर कोणसभामा परिणत भएको हो । जुलुसमा संघीयताको खारेजी गर , संसद पुनर्स्थापना गर , भ्रष्टाचारको अन्त्य गर जस्ता नाराहरु लगाइएको थियो । राजमो केन्द्रीय सदस्य झबिलाल थापाले सम्बोधन गर्दै संसद विघटन बदनियतपूर्वक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले संविधानको चिरहरण गर्दै गरिएको यो कार्य पुर्णतया असंवैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाएकोमा आपती प्रकट गर्नु भएको थियो। विरोध सभाको सञ्चालन राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले गर्नुभएको थियो । सन्धिखर्कको बसपार्क , चुत्राबेशिको मसाल बजार, र मस्जिदलाइनबाट एकै साथ निकालिएको मसाल जुलुस प्रहरिले हस्तक्षेप गर्ने प्रयास गर्दा गर्दै पनि शान्ती बगैचामा पुगि कोणशभामा परिणत भएको थियो ।