मन्त्रीलाई सांसदको प्रश्न : डाँडाघरे साइँलाको  घरबाट गैराघरे काइँलाको घरसम्म पुग्ने बाटो कसरी सहायक राजमार्ग ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई सांसदहरुले बजेट बनाउँदा हेलचेक्रयाइँ गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत बिनियोजन बजेटमाथिको छलफलका क्रममा अधिकांश सांसदले आफ्नो क्षेत्रको बजेट काटिएको भन्दै आक्रोश पोखेका छन् । एमाले सांसद गणेश पहाडीले वैकल्पिक राजमार्ग भनेर ८ सय २ वटा राजमार्गलाई लिइएको र त्यस्ता आयोजना छनौटका आधार के हुन् ? भन्दै प्रश्न गरे । उनले भने– ‘वैकल्पिक सहायक राजमार्ग भनिएको छ, तर टोले सडकहरूलाई