नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा हुन् । नेपाली राजनीतिका चर्चित पात्र सूर्यबहादुर पञ्चायती व्यवस्थाका बलिया खम्बा मानिन्थे । तर, उनै घाघडान पञ्चका छोरा सुनिलबहादुर थापा आफूले कहिल्यै पञ्चायतको राजनीति नगरेको बताउँछन् ।‘मेरा बुबाज्यूले उदारवादको धारलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । हामी त्यही उदारवाद धारबाटै दीक्षित भयौं । यद्यपि मैले पञ्चायतको राजनीति कहिल्यै गरिनँ’ काँग्रेस नेता थापाले रातोपाटीसँग भने, ‘म २०६९