बालुवाटार, ओम्नी, क्यान्टोनमेन्ट लगायत ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग कोमल ओलीको माग
राष्ट्रिय सभा सदस्य कोमल ओलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ओलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्।