कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनले नेपालगञ्ज भन्सारमा राजस्व संकलन प्रभावित भएको छ । पश्चिम नेपालको प्रमुख नाकाक नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६÷०७७ को चैत महिनासम्म लक्ष्यभन्दा करीब पौने तीन अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा ११ अर्ब ५३ करोड सात लाख ७९ हजार राजस्ज संकलन गर्नुपर्नेमा आठ अर्ब ७६ करोड ४९ लाख ६७ हजार राजस्व संकलन गरेको हो । लक्ष्यभन्दा २ अर्ब ७६ करोड ५८ लाख १२ हजार कम राजस्व संकलन भएको छ ।