च्यारिटीका लागि लन्डनबाट एभरेष्ट म्याराथनमा

लन्डन । लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देल च्यारिटीका लागि एभरेष्ट म्याराथनमा दौड्ने भएकी छन् । कर्णाली प्रदेशको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ कोष जम्मा गर्ने उद्देश्यका साथ उनी मे अन्त्यमा नेपालमा हुने एभरेष्ट म्याराथनमा दौड्न लागेकी हुन् । एभरेष्ट म्याराथन मे २९ तारिख एभरेष्ट वेसक्याम्प देखि नाम्चेबजार हुँदै लुक्लामा अन्त हुने गरि […]