सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी र उपमेयरमा एमाले विजयी

सिरहा, असोज ८ – सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार २ सय ३४ मत ल्याउनुभयो । प्रति...

सम्बन्धित सामग्री

सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

६ जेठ, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् । यादवले जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार रामसोगारथ यादवलाई १७८ मत अन्तरले पराजित गरे । रामप्रमोदले २ हजार ६९५ मत ल्याउँदा रामसोगारथले २ हजार ५१७ मत […]

सिरहाको दुई ओटा नगरपालिकाको प्रमुखमा एमाले विजयी

जेठ ५, सिरहा । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।  सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएकी छन् । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए ।  यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरिन् ।  त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी) का गंगा पासवानले दुई हजार ४८२ मत प्राप्त गरे ।  यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  कुल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले एक÷एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । रासस

कर्जन्हा नगरपालिकामा एमाले विजयी

सिरहा । कर्जन्हा नगरपालिकाको प्रमुखमा एमालेका भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।  उपप्रमुखमा भने जनता समाजवादी पार्टीका अगाडि आएको छ । जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ...

सिरहा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी

सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम विजयी भएको छ । उपमेयरमा एमाले विजयी भएको छ ।

सिरहा नगरपालिकामा मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।