काठमाडौं, असोज १२ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिसमक्ष लिएको सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै पनि कानुन निर्माण नगरी परराष्ट्रमन्त्री खड्काले लिएको शपथ असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गर्नुभएको हो । पराराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम सपथ लिएको भन्दै उक्त धारामा रहेको […]