खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित

 फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए ।विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरु मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो ।विवादका क्रममा मार्सेका केही खेलाडी घाइत