साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला गरिएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए ।महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत