मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुख पदमा एमाले उम्मेदवार भुपेन्द्र लावतीले १७ सय ६६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानेन्द्र ढकालले १२ सय ३४ मत पाएका छन् । उपमेयरमा पनि एमालेको अग्रता रहेको छ । एमालेकी कृष्णकुमारी निरौलाले १६ सय ६० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ७ सय ९८ मत पाएका छन् ।

सम्बन्धित सामग्री

मोरङको लेटाङ नगरका दुई वडामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा १ र ९ मा  १२ सय २७ मत गन्दा प्रमुख पदमा एमालेका भुपेन्द्र लावतीले ६५२ मत पाएका छन् ।काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकालले ४ सय ७१ मत पाएका छन् । यस्तै उपमेयर तर्फपनि एमालेले अग्रता हासिल गरेको छ । एमालेबाट कृष्णकुमारी निरौलाले ६ सय १० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ३ सय १८ मत पाएका छन् ।

मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । १ सय  मत गन्दा प्रमुखका उम्मेदवारमा एमालेका भुपेन्द्र लावतीले ५४ मत पाएका छन् । काँग्रेसका ज्ञानेन्द्र ढकालले ३६ मत पाएका छन् । यस्तै उपमेयर तर्फ पनि एमालेले अग्रता लिएको छ । एमालेकी कृष्णकुमारी पोखरेलले ५७ मत र माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले २६ मत पाएका छन् ।