काठमाडौं। दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघमा विशेष प्रस्तुती दिएको छ। नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसंघमा शुक्रबार ध्यानसम्बन्धी अलग-अलग दुई कार्यक्रम आयोजना गरेकोे छ। नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमाको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी […]