औषधि लिमिटेडलाई आधारभूत उत्पादन केन्द्र बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको आधारभूत औषधि उत्पादनको प्रमुख एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले सो कम्पनीलाई उत्पादन अभिवृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी वित्तीय आवश्यकताको परिपूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो […]