काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण हुँदा एक सैनिकको ज्यान गएको छ । ज्यान गुमाउने सैनिक फ्रान्सेली रहेको अल जजीराले जनाएको छ । आक्रमणमा अरु तीन जना घाइते भएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गरेका हुन् । म्याक्रोंले आक्रमणमा लेबनानी सशस्त्र समूह हेज्बोल्लाहको संलग्नता रहेको […]