जेन-जीका नाममा जलाइएको बालकोटस्थित घरमा ओली (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् । उनी गत भदौ २४ गते बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक अवकलोकनमा पुगेका हुन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले त्यसक्रममा रोष प्रकट गरे । पत्नी राधिका शाक्यसहित […]