राष्ट्र बैंकको प्रतिवेदन: बैंक भल्ट सुरक्षा र सञ्चालनमा गम्भीर कमजोरी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरिवेक्षण प्रतिवेदन २०२५ ले बैंकहरूको भल्ट सुरक्षा र सञ्चालन जोखिम (Operational Risk) सम्बन्धी व्यवस्थामा गम्भीर कमजोरी देखिएको जनाएको छ। प्रतिवेदनअनुसार धेरै बैंक शाखाहरूमा भल्ट सञ्चालनमा अनिवार्य मानिने ‘फोर–आई सिद्धान्त’ (Four-eye principle) पालना नभएको पाइएको छ। यस सिद्धान्तअनुसार भल्ट खोल्ने वा सञ्चालन गर्ने कार्य कम्तीमा दुई जिम्मेवार कर्मचारीको उपस्थितिमा मात्र […]