मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुगुको धैनकोट आसपास केन्द्रविन्दु भएर गएराति २ बजेर २२ मिनेटमा भूकम्प गएको हो । आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट के कति असर भयो भन्ने बारेमा विवरण प्राप्त भएको छैन ।