पैसा र ऋण खोज्ने कि भइरहेको बरबादी रोक्ने ? कार्यकुशलता पनि वित्तीय स्रोत हो

नेपाललाई थप वित्तीय स्रोत अवश्य चाहिन्छ । तर, हरेक समस्याको उत्तर थप ऋण हुनु हुँदैन । विपत्‌को क्षति घटाउने, आयोजना समयमै सम्पन्न गर्ने, संस्थागत दोहोरोपन हटाउने र बचतलाई नागरिकको सेवामा रूपान्तरण गरियो भने ऋणमाथिको निर्भरता घटाउन मद्दत पुग्छ ।