बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेङ्गु ज्वरोका नयाँ विरामी देखिएका छन् । यो एकै दिनमा सङ्क्रमित भई अस्पताल पुग्ने विरामीको सङ्ख्या आइतबार यस वर्षको सबैभन्दा उच्च सङ्ख्या हो । बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय समय आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा थप सात जनाको मृत्यु […]