मोरङको जहदा महोत्सवमा झडप, एक घाइते

विराटनगर। सुरक्षा निकायको सुझावलाई बेवास्ता गर्दै सञ्चालन गरिएको जहदा महोत्सवमा झडप भएको छ। मङ्गलबार राति करिब १२:३० बजे मोरङको जहदा–४, रामचोकस्थित मेलास्थलमा आयोजकहरूबीच कुटाकुट भएको हो। घटनामा कटहरी गाउँपालिका–४ का ३५ वर्षीय अनिलकुमार सहनी घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोरङका प्रहरी उपरीक्षक कवित […]