काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको वसन्तपुरस्थित जग्गामा काठमाडौँ महानगरपालिकाले गणेश र भैरवको मूर्ति स्थापनाका लागि शिलान्यास गरेको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ। क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र पठाउँदै शैक्षिक प्रयोजनका लागि उपलब्ध जग्गाको कानुनी संरक्षण गर्न र त्यहाँ भइरहेको भनिएको अनधिकृत निर्माण रोक्न आवश्यक पहल […]