काठमाडौँ । बांङ्लादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बांङ्लादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बांङ्लादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन् । प्राध्यापक युनुसले भने, “बांङ्लादेश, नेपाल, भुटान […]