अक्षय कुमारले पुनः बढाए आफ्नो पारिश्रमिक, थाहा पाउनुस् कति पुग्यो

अक्षय कुमार यतिबेला बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेतामध्ये एक हुन् । अक्षय कुमार काममा निकै लगनशील छन् र एकदिन पनि ब्रेकमा बस्दैनन् । त्यसैले त कति कलाकारको वर्षमा मुश्किलले एउटा फिल्म रिलिज भइरहेका बेला अक्षय कुमारको भने ४–५ वटा फिल्म रिलिज भइरहेको हुन्छ । अक्षय कुमारका थुप्रै फिल्म सन् २०२१ मा मात्रै नभई २०२२ मा पनि ...

सम्बन्धित सामग्री

पर्यटकले बढाए होटेल तथा पर्यटन समूहको खुद नाफा, कुनले कति कमाए ?

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा (नेप्से) मा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । तीमध्ये पाँच कम्पनीकोे चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्मको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स, चन्द्रागिरि हिल्स लिमिटेड, ओरियण्टल होटल्स लिमिटेड र कालिञ्चोक दर्शनको खुद नाफा बढेको हो ।  सिटी होटल भने चालू आवको दोस्रो त्रैमाससम्ममा ११ करोड ७९ लाख रुपैयाँ घाटामा छ । गत आवको दोस्रो त्रैमासमा पनि सिटी होटेल १३ करोड २४ लाख रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको तुलनामा सिटी होटलको घाटा यसपालि कम छ ।  कोरोना कम भएसँगै पर्यटक आगमन बढ्दा होटेल तथा पर्यटन समूहको नाफा बढेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुुसार सन् २०२३ मा १० लाख १४ हजार ८७६ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो सन् २०२२ को तुलनामा ४ लाखले बढी हो । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीमध्ये सबैभन्दा बढी सोल्टी होटलले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ दशमलव ६४ प्रतिशतले बढी हो । सोल्टीले चालू वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत आवमा यो होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो । पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दा आम्दानी बढेको होटेलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।  सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७१ प्रतिशत बढेको छ । गतवर्ष दोस्रो त्रैमासमा १० करोड ६१ लाख नाफा कमाएको तारागाउँले यो वर्षको सोही अवधिमा नाफा १८ करोड १६ लाख रुपैयाँ पुर्‍याएको छ । गत साउनदेखि पुससम्ममा तारागाउँले ६३ करोड ८५ लाख आम्दानी गरेको देखिन्छ ।  त्यस्तै ओरियन्टल होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा यसपालि ४६ दशमलव २४ प्रतिशत बढेको छ । ओरियन्टलले गतवर्ष दोस्रो त्रैमाससम्ममा ३ करोड ६५ लाख नाफा कमाएकोमा यसपालि बढाएर ५ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको हो । यसले चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५६ करोड १ लाख आम्दानी गरेको देखिन्छ । त्यस्तै चन्द्रागिरि हिल्स लिमिटेडको दोस्रो त्रैमाससम्मको नाफा ६ करोड २८ लाख रुपैयाँ पुगेको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । गतवर्ष कम्पनीको दोस्रो त्रैमाससम्मको नाफा ५ करोड १४ लाख रुपैयाँ थियो । चन्द्रागिरिले गत साउनदेखि पुससम्ममा ४५ करोड ७५ लाख आम्दानी गरेको छ ।  त्यस्तै कालिञ्चोक दर्शन लिमिटेड गत आवको दोस्रो त्रैमाससम्ममा ६० लाख ४७ हजार रुपैयाँ नाफामा रहेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ लाख ३४ हजार रुपैयाँ नाफामा छ । यस कम्पनीको आम्दानी बढेकाले नाफा माथि गएको हो । कालिञ्चोक दर्शनले गत साउन–पुसमा ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कति पुग्यो ?

वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ। नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएका हुन्।

सभापतिमा देउवा एक सय ४४ मतले अगाडि, अन्य उम्मेदवारको कति? (सूचीसहित)

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाए । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाए । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र […]

बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ?

काठमाडौं। असोज १ गतेदेखि लागु हुनेगरि वाणिज्य बैंकहरुले मुद्दति निक्षेप र साधारण बचतको ब्याजदर बढाएका छन्। जसमध्ये सनराइज बैंकले मुद्दतिको सबैभन्दा धेरै ब्याजदर बढाएर १०.०७ प्रतिशत पुर्याएको छ। यसैगरि ११ वटा बैंकले ९ प्रतिशत भन्दा बढी र १३ वटा बैंकले ८ प्रतिशत भन्दा बढी व्याजदर पुर्याएका छन्। तर, स्ट्यान्डर्ड चाटर्ड बैंकले ७.५५ प्रतिशत ब्याजदर दिने भएको छ।

बैंकले बढाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?

तरलता अभाव शुरू भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर बढाएका छन्। वाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती खाता दुवैको व्याजदर बढाएका हुन्।

बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं । बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । तरलता अभाव भएपछि […]

बैंकहरूको बिजनेस २८ प्रतिशतले बढ्यो, कुन बैंकले कति बढाए?

त्यस्तै बिजनेस विस्तारमा सिभिल, एनआइसी एसिया र सिटिजन्स बैंकको रफ्तार सबैभन्दा उच्च देखिएको छ। ती बैंकको कर्जा विस्तार ५० प्रतिशतभन्दा धेरैले बढेको छ।

२८ प्रतिशतले बढ्यो बैंकहरुको बिजेनस, कसले कति बढाए?

२०७७ असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुले २९ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने २०७८ असार मसान्तसम्म आउँदा ३७ खर्ब २० अर्ब पुगेको छ।

फागुनसम्म बैंकहरुको बिजनेसः कसले कति बढाए?

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले मात्रै करिब ६ खर्ब रुपैयाँ कर्जा बढाएका छन्।