दाङमा बन्दको आंशिक प्रभाव, एउटा टिपरमा आगजनी

दाङ - दाङमा बन्दको आंशिक प्रभाव परेको छ । त्यहाँ छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् ।  बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् । बन्दकर्ताले बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

दाङमा टिपरमा आगजनी

काठमाडौं । दाङमा अज्ञात समूहले आज टिपरमा आगजनी गरेको छ । घोराहीबाट सिसहनियाँतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव...